जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
काठमाडौँ । प्युठानमा ७ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मल्लरानी गाउँपालिका-२ नाकेटाकुरा बस्ने १९ वर्षीय केशव घर्तीमगरलाई प्रहरीले पक्राउ गरेको छ । केशवले ती बालिकालाई आफ्नै गोठमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय प्युठानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यता पाल्पामा६६ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पूर्वखोला गाउँपालिका–१ बस्ने ४७ वर्षीय धन बहादुर कामीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । धन बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी जब्गादीर इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पाल्पामै १६ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तानसेन नगरपालिका–७ कुन्सरे बस्ने ४३ वर्षीय ईन्द्रबिर झेडीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । झेडीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी प्रभास र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको नेपाल प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन सेमिफाइनलमा, फ्रान्ससँगको भेट पक्का
-
८८औँ मिनेटमा मिकेल मेरिनोको गोल, बेल्जियम विरुद्ध स्पेन पुनः २–१ ले अघि
-
पहिलो हाफमा १-१ को रोमान्चक बराबरी, स्पेनको अभेध्य रक्षापङ्क्ति तोड्दै बेल्जियमको पुनरागमन
-
स्पेनको 'क्लिन सिट' यात्रामा लाग्यो पूर्णविराम
-
बेल्जियम विरुद्ध स्पेनको सुरुवाती अग्रता, ३०औँ मिनेटमा फाबियन रुइजको गोल
-
हनुमन्ते खोलामा बाढीको बहाव बढ्दोः बिहानसम्म सतर्क रहन मौसम विभागको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण