पेरिस ओलम्पिक : इजरायली खेलाडीलाई निरन्तर धम्की
काठमाडौँ । इजरायलको ओलम्पिक कमिटीले फ्रान्सको पेरिसमा जारी ३३औँ गृष्मकालीन ओलम्पिक खेलकुदका क्रममा आफ्ना केही खेलाडीलाई ज्यान मार्ने धम्की आएको बताएको छ । यस्तो धम्कीका कारण आफ्ना खेलाडी तनावमा रहेको पनि कमिटीले जनाएको छ ।
कमिटीका अनुसार, गाजामा जारी युद्धको विषयलाई लिएर इजरायली खेलाडीलाई धम्की आएको हो । इजरायल ओलम्पिक कमिटीका अध्यक्ष याएल अरादले गत मंगलबार पनि आफ्ना खेलाडीलाई भौतिक आक्रमणको धम्की आएको बताए ।
‘हाम्रा खेलाडीलाई एकपछि अर्को धम्की आइरहेको छ । खेलाडीहरु मानसिक दबाबमा परेका छन् । खेलाडीको प्रदर्शन पनि असर परिरहेको छ,’ अध्यक्ष अरादले अन्तर्राष्ट्रिय समाचार संस्था एपीसँगको कुराकानीमा भनेका छन् ।
तर, उनले खेलाडीको नाम भने सार्वजनिक गरेका छैनन् । गत साता पेरिसका अधिकारीहरुले इजरायली खेलाडीलाई आएको ज्यान मार्ने धम्कीको विषयमा छानबिन पनि सुरु गरेका थिए । २४ वर्षीय टम रेउभेनीलेले विन्ड सर्फिङ स्पर्धामा स्वर्ण पदक जितेका थिए ।
उनलाई पनि ज्यान मार्ने धम्की आएको थियो । ‘विश्व खेलकुदको वृहत मञ्चमा राजनीतिले प्रवेश पाएको भान हुँदैछ । यो पक्कै पनि गतिलो कुरा होइन,’ अध्यक्ष अरादले भनेका छन् । अरादले एपीसँगको कुराकानीमा सन् १९७२ मा जर्मनीको म्युनिख ओलम्पिकमा भएको दुःखद घटनाको पनि स्मरण गरेका छन् ।
म्युनिख ओलम्पिकका क्रममा प्यालेस्टिनी समूहको ब्ल्याक सेप्टेम्बरले ओलम्पिक भिलेजभित्र प्रवेश गरी ११ जना इजरायली खेलाडी र एक जर्मन सुरक्षाकर्मीको हत्या गरेको थियो । अहिले गाजा क्षेत्रमा इजरायल–हमास युद्ध चलिरहेको छ । त्यसमा परी हालसम्म ३९ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण