यम बरालले सार्वजनिक गरे नयाँ गीत ‘बाख्रा करायो’
काठमाडौँ । गायक यम बरालले नयाँ गीत ’बाख्रा करायो’ ल्याएका छन् । लोकदोहोरी शैलीको यो गीतमा यमलाई गायनमा शान्तिश्री परियारले साथ दिएकी छन् ।
गीतमा डीपी खनालको शब्द र यम बरालकै संगीत छ । गीतको भिडियोमा प्रेमिकालाई फकाउन प्रेमीले गरेको भूमिका रमाइलो ढंगमा देखाउन खोजिएको छ ।
भिडियोमा यम बराल, कृष गुरुङ, जुना कार्की र चाहना राना मगरको अभिनय छ । केशवराज भट्टले निर्देशन रहेको भिडियोमा विशाल थापाको छायांकन र दिप्सन शाहको सम्पादन छ ।
‘बाख्रा करायो’ गीत पछिल्लो समयको सांगीतिक माहोल अनुसारको रहेको गायक यम बरालले बताए । ‘अहिलेको सांगीतिक माहोलअनुसार पनि चल्न सक्नुपर्ने रहेछ,’ उनले भने, ‘धेरैले मलाई सांगीतिक उपस्थिति अलि पातलो भयो भन्ने गुनासो गर्नुहुन्छ । अब सक्रिय ढंगले लाग्नेछु ।’
‘बाख्रा करायो’लाई गायक बरालले ‘ओएसआर डिजिटल’ युट्युब च्यानल मार्फत रिलिज गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण