डेडिकेटेड तथा ट्रंकलाइन विवाद
प्राधिकरणले बुझाएको डकुमेन्ट छान्दै समिति, नचाहिने कागजात फिर्ता पठाइने
शुक्रबार, २५ साउन २०८१, १७ : ००
काठमाडौँ । सार्वजनिक लेखा समितिले नेपाल विद्युत् प्राधिकरणबाट प्राप्त डेडिकेटेड तथा ट्रंकलाइन प्रयोग गरेका उद्योगहरूको टीओडी मिटरको डेटा समेटिएको सबै कागजात (डकुमेन्ट) नराख्ने भएको छ ।
समितिका सभापति ऋषिकेश पोखरेलले प्राधिकरणबाट प्राप्त भएका कागजातबाट आवश्यक मात्रै समितिले लिएर बाँकी फिर्ता पठाइदिने बताए । कुन कुन कागजात समितिलाई चाहिने हो भन्नेबारे छान्ने काम भइरहेको र त्यसबाहेकका कागजात प्राधिकरणमै फिर्ता पठाइने उनको भनाइ छ ।
लेखा समितिले उद्योगले बिजुली प्रयोग गरेको प्रमाण मागेपछि प्राधिकरणले बिहीबार टीओडी डाटासहितको विवरण उपलब्ध गराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण