डेडिकेटेड तथा ट्रंकलाइन विवाद
प्राधिकरणले बुझाएको डकुमेन्ट छान्दै समिति, नचाहिने कागजात फिर्ता पठाइने
शुक्रबार, २५ साउन २०८१, १७ : ००

काठमाडौँ । सार्वजनिक लेखा समितिले नेपाल विद्युत् प्राधिकरणबाट प्राप्त डेडिकेटेड तथा ट्रंकलाइन प्रयोग गरेका उद्योगहरूको टीओडी मिटरको डेटा समेटिएको सबै कागजात (डकुमेन्ट) नराख्ने भएको छ ।
समितिका सभापति ऋषिकेश पोखरेलले प्राधिकरणबाट प्राप्त भएका कागजातबाट आवश्यक मात्रै समितिले लिएर बाँकी फिर्ता पठाइदिने बताए । कुन कुन कागजात समितिलाई चाहिने हो भन्नेबारे छान्ने काम भइरहेको र त्यसबाहेकका कागजात प्राधिकरणमै फिर्ता पठाइने उनको भनाइ छ ।
लेखा समितिले उद्योगले बिजुली प्रयोग गरेको प्रमाण मागेपछि प्राधिकरणले बिहीबार टीओडी डाटासहितको विवरण उपलब्ध गराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७ जना डीआईजीहरूको सरुवा, ६ प्रदेशका प्रमुख फेरिए
-
गौशालाबाट हुण्डीको ९५ लाख बरामद
-
सुदूरपश्चिम संसदीय दलको विवाद समाधानका प्रचण्डले सांसदहरूलाई बोलाए खुमलटार
-
भारतमा थप पाकिस्तानी कलाकारको इन्टाग्राम खाता ब्लक
-
गौतमबुद्धको जन्ममितिकै आधारमा बुद्धजयन्ती मनाउनुपर्छ : डा.अञ्जान शाक्य
-
जम्मू कश्मीरमा सेनाको गाडी खोँचमा खस्यो, तीन सैनिकको मृत्यु