भारतका विदेश सचिव मिस्री नेपाल भ्रमणमा आउँदै
शुक्रबार, २५ साउन २०८१, १९ : २४
काठमाडौँ । भारतीय विदेश सचिव विक्रम मिस्री दुई दिने नेपाल भ्रमणमा आउने भएका छन् ।
परराष्ट्र सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा भारतका विदेश सचिव मिस्री आइतबार नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणको क्रममा उनले नेपालमा उच्चस्तरीय भेटघाटको साथै दुई देशका परराष्ट्र सचिवको बिचमा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ गर्ने र पारस्परिक लाभकारी सहयोगलाई अगाडि बढाउने विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी गराएको छ ।
दुई छिमेकी देशबिचको नियमित भ्रमण रहेको उल्लेख गर्दै मन्त्रालयले विदेश मन्त्री मिस्री साउन २८ गते सोमबार भारत फर्किने कार्यक्रम रहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण