रासायनिक मल वितरणबारे जानकारी दिन कल सेन्टर स्थापना
काठमाडौँ । सरकारले प्रदान गर्ने रासायनिक मल वितरणबारे जानकारी दिनका लागि कल सेन्टर स्थापना भएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अनुदानमा रासायनिक मल उपलब्ध गराउनका लागि अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका, २०७७ बमोजिम मल आपूर्ति तथा वितरण व्यवस्थालाई सहज र पारदर्शी बनाउन कल सेन्टरको स्थापना गरिएको हो ।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता डा. हरि बहादुर के.सीका अनुसार कृषकले मन्त्रालयमा स्थापना गरिएको कल सेन्टरको पैसा नलाग्ने टोल फ्री नम्बर १६६००१७७७७९ मा कार्यालय समयभित्र फोन गरी रासायनिक मलबारे जानकारी प्राप्त गर्न सक्ने छन् ।
मन्त्रालयले कल सेन्टरमार्फत मल आपूर्ति र वितरणको बारेमा सर्वसाधारणलाई जानकारी गराउने व्यवस्था सुरु गरेको हो ।
साथै कल सेन्टरबाट मल विक्रेता सहकारी वा निजी स्तरका डिलरहरूको नाम र मोबाइल/फोन नम्बरसहितको विवरण प्राप्त गर्न सक्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण