पेरिस ओलम्पिक : अमेरिका र चीनबिच कडा टक्कर
पेरिस । पेरिस ओलम्पिक २०२४ मा दुई महाशक्ति राष्ट्र अमेरिका र चीनबिच कडा टक्कार देखिएको छ । शनिबार बिहानसम्म दुवै टोलीले समान स्वर्ण पदक जितेका हुन् ।
अमेरिका कूल १ सय ११ पदकसहित पदक तालिकामा शीर्ष स्थानमा रहेको छ । टोलीले ३३ स्वर्ण, ३९ रजत र ३९ कांस्य जितेको छ ।
उता, चीनले पनि समान ३३ वटा स्वर्ण पदक नै जितेको छ । चीनले २७ रजत र २३ कांस्यसहित कूल ८३ पदक प्राप्त गरेको छ ।
तेस्रो स्थानमा अस्ट्रेलिया रहेको छ । अस्ट्रेलियाले १८ स्वर्ण, १६ रजत र १४ कांस्यसहित कूल ४८ पदक हासिल गरेको छ ।
चौथो स्थानमा रहेको जापानले कूल ३७ पदक हात पारेको छ । यसमा १६ स्वर्ण, ८ रजत र १३ कांस्य पदक रहेका छन् ।
कूल ५७ पदक जित्दै बेलायत पाँचौँ स्थानमा छ । उसको १४ स्वर्णसहित २० रजत र २३ कांस्य पदक छ ।
शीर्ष १० स्थानमा त्यसपछि क्रमशः फ्रान्स (१४ स्वर्ण), दक्षिण कोरिया (१३ स्वर्ण), नेदरल्यान्ड्स (१३ स्वर्ण), जर्मनी (१२ स्वर्ण) र इटाली (११ स्वर्ण) रहेका छन् ।
दक्षिण एसियाबाट पाकिस्तानले एक्लो स्वर्ण पदक जित्दै ५८ औँ स्थानमा छ । भारतले १ रजत र ५ कांस्यसहित कूल ६ पदक जितेको छ । भारत ६९ औँ स्थानमा छ ।
नेपालसहित बंगलादेश, भुटान, माल्दिभ्स र श्रीलंका पदक विहीन छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण