राजेन्द्र महतोले दिए बंगलादेशका नवनियुक्त प्रधानमन्त्री युनुसलाई बधाई
काठमाडौँ । राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतोले बंगलादेशका नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री मोहम्मद युनुसलाई बधाई दिएका छन् । शनिबार एक प्रेस विज्ञप्ति जारी गरी संयोजक महतोले नवनियुक्त प्रधानमन्त्री युनुसलाई बधाईसहित सुखद कार्यकालको कामना गरेका हुन् ।
विज्ञप्तिमा संयोजक महतोले सर्वपक्षीय छलफल गरी छिटोभन्दा छिटो संक्रमणकाल अन्त्य गरी निर्वाचनको मिति घोषणा गरी लोकतन्त्रको बहाल गर्न समेत बंगलादेशका प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । साथै महतोले आन्दोलन र सङ्घर्षको नाममा अल्पसङ्ख्यक हिन्दु र बौद्धहरूमाथि भइरहेको ज्यादती र बर्बर दमनको भर्त्सना समेत गरेका छन् ।
विज्ञप्तिमा उनले भनेका छन्– ‘मानवतालाई नै लज्जित गर्ने यस खालको दुर्व्यवहारले पुरै विश्व मानव समाजलाई प्रभावित गरिरहेको र त्यसको विरुद्धमा विश्वभरि नै प्रतिकार हुनसक्ने सम्भावना रहेकोले तत्काल यस्ता घटनाहरू नियन्त्रण गर्न समेत बंगलादेशी सरकारलाई आग्रह गर्दछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण