कविता
सुरक्षित स्थान
शनिबार, २६ साउन २०८१, १५ : ५१
मैले त्यो सुरक्षित स्थान खोजेको छु
जहाँ कृष्णले बाँसुरी बजाउन्
त्यो एकान्त ठाउँमा तिमी पनि आउन सक्छौ
बजाऊ धुन बाँसुरीको
अनि प्रेमिल साँझको
त्यो साँझ यो समयका लागि उत्तम हुनेछ।
म त्यो बोलीको आवाज बन्न चाहन्छु
तिम्रो सङ्गीतको तालमा कथा बन्न सकूँ
तिमीलाई आवश्यक पर्दा सुन्न र पढ्न सक्छौ
पानीको थोपा बनेर तिमीलाई भेट्न सकूँ
झरीबाट आराम गरेर
तिमीसितै नदीमा मिल्न सकूँ ।
म मायालु हात बनेर तिमीलाई खोज्छु
लामो र कठिन दिन पछि
तिम्रा नयनमा मलाई देख्न सकूँ
तिम्रो श्वास चल्दा मेरो स्पन्दन नाप्न सकूँ ।
म तिमी थकाइ मारेको पलेटी बन्न सकूँ
थाहा पाउँदा तिमीलाई चुम्न सकूँ
समयको सीमा बाहिर तिमीसित लाज तोड्न सकूँ
समयको दबाबमा तिम्रा हातहरू चलुन्
स्पन्दनको ढुकढुकी बनेर ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण