छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
शनिबार, २६ साउन २०८१, २२ : ५०
काठमाडौँ । पछिल्लो २४ घण्टामा भएका विभिन्न सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
- भक्तपुर, सूर्यविनायक नगरपालिका-५ कटुन्जे तिनधारेस्थित सल्लाघारीबाट सुवर्णेश्वरतर्फ जाँदै गरेको अक्सफोर्ड प्राक्टिकल स्कुलको बाग्मती २ क. ९९११ नम्बरको बसको ठक्करबाट सोही स्कुलमा अध्ययनरत सूर्यविनायक नगरपालिका-५ कटुन्जे बस्ने रेज कुमार नेपालकी छोरी ६ वर्षीया रियान्सी नेपालको शुक्रबार दिउँसो मृत्यु भएको छ । बसबाट ओर्ली बाटो क्रस गर्ने क्रममा बसले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको डा.ईवामुरा अस्पताल भक्तपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- मोरङ, सुन्दरहरैचा नगरपालिका-७ ठडियास्थित सडकमा गछियाबाट बिराटचोकतर्फ जाँदै गरेको को.१ च ५८७३ नम्बरको कारको ठक्करबाट पैदलयात्री भारत घर भएका ५५ वर्षीय हुपेनर कठेतको शुक्रबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- बाँके, बैजनाथ गाउँपालिका-५ जि गाँउ चोकमा भे.१ क २०६२ नम्बरको ट्रकले बा.प्र.०३-००५ प २०५५ नम्बरको मोटरसाइकललाई शनिबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक सुर्खेत भेरीगंगा नगरपालिका-९ घर भई प्रहरी चौकी कपुरकोटमा कार्यरत प्रहरी जवान महेन्द्र बिकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- पर्सा, वीरगंज महानगरपालिका-२० हरपतगंजस्थित सडकमा ना.१ ह ६८२९ नम्बरको अटो अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा अटो चालक मुकेश साह कानुकी छोरी ३ वर्षीया बिटु कुमारी साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारको लागि तराई हस्पिटलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण