‘भैरव रिसालका छानिएका रचना-२’ सार्वजनिक
काठमाडौँ । वरिष्ठ पत्रकार भैरव रिसालको सङ्कलित रचनाहरूको सङ्ग्रह सार्वजनिक भएको छ । शनिबार काठमाडौँमा उनको ९७ औँ जन्मदिनको पूर्वसन्ध्यामा आयोजित एक कार्यक्रमकाबिच वरिष्ठ पत्रकार रिसालको सङ्कलित रचनाहरूको सङ्ग्रह ‘भैरव रिसालका छानिएका रचना-२’ सार्वजनिक भएको हो ।
पुस्तक सिमल बुक पब्लिकेशनले प्रकाशित गरेको छ । पुस्तकमा रिसालले विभिन्न समयमा विभिन्न पत्रपत्रिकाहरूमा लेखेका लेख तथा रचनाहरूलाई छानेर समावेश गरिएको छ । पुस्तक सार्वजनिकिकरण कार्यक्रममा बोल्दै विभिन्न व्यक्तित्वहरूले ९७ वर्ष पुगिसकेका रिसालको ऊर्जाको प्रशंसा गरेका थिए । रिसालले आफ्नो पत्रकारिताका दिनहरूमा र लेखनमार्फत देशलाई योगदान पुर्याएको भन्दै सम्मान व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले रिसालले बहुमूल्य जिन्दगी बाँचेको बताए । रिसालले आफ्नो छविलाई बेदाग बनाएको भन्दै यसले सबैलाई प्रेरित गरेको उनले बताए ।
रिसालले अझै पनि सक्रिय जीवन व्यतीत गरिरहेको भन्दै आगामी दिनमा पनि रिसालको लेख रचना आउनेमा आमन्त्रित अतिथिहरूले विश्वास व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोबाइलमा लोकप्रिय ‘माइक्रो ड्रामा’ मा चीनको अंकुश: सफ्ट पोर्नोग्राफी प्रदर्शनमा प्रतिबन्ध
-
अमेरिकामा फेरि भेटियो मासु खाने खतरनाक परजीवी ‘स्क्रु-वर्म’
-
घट्यो काठको मूल्य, समितिको सेवा–सुविधा ३० प्रतिशतले कटौती
-
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस क्लबबिच सम्झौता
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण