तनहुँमा बस दुर्घटना हुँदा १३ जना घाइते
शनिबार, २६ साउन २०८१, १९ : ०१
तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मिलनचोकमा आज बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । राजमार्गमा गुडिरहेका मिनीबस र माइक्रोबस अनियन्त्रित भई अचानक सडकमा पल्टिँदा दुर्घटना भएको हो ।
सवारी दुर्घटनामा परी घाइते भएकाहरूको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए । उनकानुसार करिब एक सय मिटरको दूरीमा दुईवटा बस दुर्घटनामा परेको हुन् । बिहानदेखि सिमसिमे पानी परिरहेकाले बस चिप्लिएर दुर्घटना भएका थिए ।
लमजुङबाट नारायणगढतर्फ जाँदै गरेको ग१ज ८२९४ नम्बरको विद्युतीय माइक्रोबस र दमौलीबाट मुग्लिनतर्फ जाँदै गरेको बा४ख ४४७० नम्बरको मिनीबस अनियन्त्रित भई सडकमा पल्टिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दलित उत्थान तथा विकास प्राधिकरण स्थापनाको काम सुरु भइसक्यो : अर्थमन्त्री पौडेल
-
तीन दिनदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध
-
सहकारी छानबिन समितिको प्रतिवेदन तयार, भोलि बुझाउने तयारी
-
प्रधानमन्त्रीसँग रोमानियाका राजदूतको बिदाइ भेट
-
प्रतिनिधि सभा बैठक स्थगित
-
मध्यपहाडी लोक मार्गअन्तर्गत ‘डेउढी-भर्याङभुरुङ’ खण्ड अवरुद्ध