माओवादी स्थायी कमिटी बैठक जारी
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय पेरिस डाँडामा तेस्रो दिनको बैठक सुरु भएको हो ।
शनिबार बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान परिस्थितिमा पार्टी निर्माण र भावी रणनीतिबारे मौखिक प्रस्ताव राखेका थिए । साथै प्राप्त उपलब्धिको रक्षाका लागि बृहत् वामपन्थीबिच ध्रुवीकरण गरी सदन र सडक सङ्घर्ष गर्नुपर्ने बताएका थिए ।
प्रचण्डको प्रस्तावमाथि नेताहरूले विचारको संश्लेषणसहित नेतृत्वको कार्यकाल तोकिनुपर्ने धारणा राखेका थिए । साथै पार्टी निर्माणका लागि जनतामा जानुपर्नेमा जोड दिएका थिए ।
शनिबार वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, उपमहासचिवद्वय जनार्दन शर्मा, वर्षमान पुनले धारणा राखेका थिए । त्यस्तै सचिवहरू गणेश साह, सुरेन्द्र कार्की, देवेन्द्र पौडेल, चक्रपाणि खनाल, स्थायी समिति सदस्यहरू कुलप्रसाद केसी, परशुराम तामाङ, गणेशमान पुन, अमृता थापाले पार्टीको कार्यदिशा र रणनीतिबारे धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण