अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीमा नयाँ अध्यक्षको खोजी
_N1NwLHbCIj.webp)
काठमाडौँ । गृष्मकालीन ओलम्पिक खेलकुदको ३३औँ संस्करण अहिले फ्रान्सको राजधानी पेरिसमा सञ्चालन भइरहेको छ । पेरिस ओलम्पिककै अवसर पारेर अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) का अध्यक्ष थोमस ब्याचले एउटा महत्त्वपूर्ण जानकारी सार्वजनिक गरेका छन् ।
लामो समयदेखि अध्यक्षको जिम्मेवारी निर्वाह गर्दै आएका जर्मन कानुन व्यवसायी थोमस ब्याचले अर्को कार्यकाल आफू अध्यक्ष नबन्ने बताएका छन् । उनी सन् २०१३ देखि आईओसी पदाधिकारीको भूमिकामा कार्यरत छन् ।
‘आईओसी अध्यक्षको रूपमा यो मेरो अन्तिम कार्यकाल हो । अब नयाँ र ऊर्जाशील व्यक्तिले आईओसीको नेतृत्व लिनु पर्छ,’ उनले भनेका छन् । आईओसीको नयाँ निर्वाचन सन् २०२५ को मार्चमा हुँदैछ । आईओसी अध्यक्षको जिम्मेवारी लिन इच्छुक नयाँ अनुहार अहिलेसम्म सार्वजनिक रूपमा बाहिर आएका छैनन् ।
ओलम्पिक खेलकुदमा फेन्सिङका स्वर्ण पदक विजेता थोमस ब्याच सन् १९९१ मा सदस्यका रूपमा ओलम्पिक कमिटीसँग जोडिएका थिए । उनले सन् १९७६ को मोन्ट्रियल ओलम्पिकमा स्वर्ण पदक जितेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनीसहित तीन वायु थप सक्रिय, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
-
यस्तो छ बुधबारको लागि विदेशी मुद्राको विनिमय दर
-
अहमदाबाद विमान दुर्घटनाः १ सय २४ जनाको शव परिवारलाई बुझाइयो
-
रामघाट सुर्खेतमा व्यावसायिक लिची खेती आकर्षण
-
काठमाडौँ नजिकको साहसिक गन्तव्य ‘वनजङ्गल एडभेञ्चर’
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै