अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीमा नयाँ अध्यक्षको खोजी
काठमाडौँ । गृष्मकालीन ओलम्पिक खेलकुदको ३३औँ संस्करण अहिले फ्रान्सको राजधानी पेरिसमा सञ्चालन भइरहेको छ । पेरिस ओलम्पिककै अवसर पारेर अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) का अध्यक्ष थोमस ब्याचले एउटा महत्त्वपूर्ण जानकारी सार्वजनिक गरेका छन् ।
लामो समयदेखि अध्यक्षको जिम्मेवारी निर्वाह गर्दै आएका जर्मन कानुन व्यवसायी थोमस ब्याचले अर्को कार्यकाल आफू अध्यक्ष नबन्ने बताएका छन् । उनी सन् २०१३ देखि आईओसी पदाधिकारीको भूमिकामा कार्यरत छन् ।
‘आईओसी अध्यक्षको रूपमा यो मेरो अन्तिम कार्यकाल हो । अब नयाँ र ऊर्जाशील व्यक्तिले आईओसीको नेतृत्व लिनु पर्छ,’ उनले भनेका छन् । आईओसीको नयाँ निर्वाचन सन् २०२५ को मार्चमा हुँदैछ । आईओसी अध्यक्षको जिम्मेवारी लिन इच्छुक नयाँ अनुहार अहिलेसम्म सार्वजनिक रूपमा बाहिर आएका छैनन् ।
ओलम्पिक खेलकुदमा फेन्सिङका स्वर्ण पदक विजेता थोमस ब्याच सन् १९९१ मा सदस्यका रूपमा ओलम्पिक कमिटीसँग जोडिएका थिए । उनले सन् १९७६ को मोन्ट्रियल ओलम्पिकमा स्वर्ण पदक जितेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण