पन्च इभीको प्रि–बुकिङ भोलिदेखि
काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्गले भोलिदेखि बहुप्रतिक्षित पन्च इभीको प्रि – बुकिङ्ग– खुला गर्ने जानकारी गराएको छ । अब ग्राहकहरुले कम्पनीको आधिकारिक वेबसाइट मार्फत प्रि – बुकिङ्ग गर्न सक्नेछन् भने प्रि – बुकिङ्ग गरिएका गाडीहरु आगामी नाडा अटो सोबाट प्राथामिकताका साथ डेलिभरी सुरु गरिने जनाइएको छ ।
उत्कृष्ट एक्ट.इभी प्योर प्ल्याटफर्म आर्किटेक्चरमा आधारित पहिलो उत्पादन पन्च इभी अत्यधुनिक प्रविधियुक्त रहेको दाबी गरिएको छ । साथै, पर्यावरणमैत्री एवं खर्चको दृष्टिकोणले किफायति रहेको कम्पनीको भनाइ छ । एक विशेष इलेक्ट्रिक एसयूभीमा हुनुपर्ने हरेक गुण पन्च इभीमा रहेको छ । १६–इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्स, प्रभावशाली एप्रोच, डिपार्चर र र्याम्प–ओभर एंगल्स लगायतका बिशेषताहरु रहेका छन् । यसका साथै यस गाडीमा ९०–डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बूट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस रहेको कम्पनीले जनाएको छ ।
भारतमा अत्यन्तै लोकप्रिय टाटा पन्च मासिक रुपमा अठार हजार युनिट भन्दा बढी बिक्री भइरहेको छ । यस गाडी भारतीय अटो बजारमा कम्प्याक्ट एसयूभीको रुपमा स्थापित हुन सफल भइसकेको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण