सुप्रिम सहकारीका बचतकर्ताद्वारा मन्त्रालय घेराउ
बुटवल । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरू फेरि आन्दोलनमा उत्रिएका छन् । बचत फिर्ता र दोषीमाथि कारबाहीको माग गर्दै उनीहरू पुनः आन्दोलनमा उत्रिएका हुन् ।
सोही क्रममा बुटवलबाट प्रदेश राजधानी दाङ पुगेका पीडितहरूले आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयमा ज्ञापनपत्र बुझाउँदै ती मन्त्रालय र कार्यालय घेराउ गरेका छन् ।
पीडितमध्येका एक विजय नेपालले बचत फिर्ताको सुनिश्चित नभएसम्म चरणबद्ध आन्दोलन गर्ने बताए । सहकारीमा झण्डै दुई हजार बचतकर्ताको पौने एक अर्ब रकम फसेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सहकारीका एक हजार ३१ जनाले आफूहरूको ८६ करोड १ लाख २३ हजार अपचलन गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए । सहकारीका १९ हजार ३५ जना सदस्यको कुल बचत रकम एक अर्ब २ करोड १४ लाख २५३ रुपैयाँ देखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
सहकारीको रकम ऋणका रूपमा लैजानेमा संस्थापक अध्यक्ष जीबी राईदेखि पूर्वगृहमन्त्री रवि लामिछाने एक समय आबद्ध भएको गोर्खा मिडिया नेटवर्क समेत छन् ।
प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले चलाएको मुद्दामा सहकारीका अध्यक्ष बुटवलका ओमप्रकाश गुरुङ थुनामा छन् । अन्य ६ जना जिल्ला अदालत रुपन्देहीले धरौटीमा रिहा गर्न आदेश गरे अनुसार रिहा भएका छन् । सहकारीका पूर्वपदाधिकारी पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन चार लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण