आँधीका कारण मेक्सिकोमा ढल्यो पिरामिड
मेक्सिको सिटी । मेक्सिकोमा आँधीका कारण पिरामिड भत्किएको छ । मुसलधारे वर्षाका कारण जुलाई ३० मा इहुआट्जियो क्षेत्रमा रहेको याकाटा पिरामिड ढलेको हो ।
यो घटनापछि सो पिरामिड बनाउने मूल जातिका वंशजहरू ठुलो प्राकृतिक विपद् आउने हो कि भनेर भयवित भएका छन् । सामाजिक सञ्जालमा भाइरल भएका तस्बिरहरूमा भारी वर्षापछि पिरामिडको एकापट्टीको बाहिरी पर्खाल भत्किएको र भित्रका केही हिस्सामा पनि क्षति पुगेको देख्न सकिन्छ ।
यो पिरामिड आधुनिक पुरेपेचा जनजातिका पुर्खाले बनाएका थिए । आँधीलाई स्थानीय बासिन्दाहरूले विनाशको सङ्केत भनेका छन् । पिरामिड ढल्नु आफ्ना पुर्खाका लागि नराम्रो खबर भएको र यसले विनाशकारी घटना घट्ने इशारा गरेको उनीहरूको भनाई छ ।
प्राचीन पुरेपेचा जनजातिले आफ्नो प्रमुख देवता कुरिकवेरीलाई मानव बलि चढाउन याकाटा पिरामिड प्रयोग गर्ने गरेको इतिहासकारहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण