पोजका लागि शाहरुख खानले दिए वृद्धलाई धक्का
नयाँ दिल्ली । बलिउड अभिनेता शाहरुख खानको आलोचना भइरहेको छ । स्विट्जरल्याण्डमा भएको ७७ औँ लोकार्नाे फिल्म फेस्टिभलमा उनलाई करियर अचिभमेन्ट अवार्डले सम्मानित गरिएको थियो ।
उक्त अवार्डबाट सम्मानित हुने शाहरुख पहिलो भारतीय सेलिब्रेटी बनेका छन् । अवार्ड पाएपछि शाहरुखले दिएको भाषणले पनि फिल्म फेस्टिभलमा धेरैको मन जितेको थियो ।
तर त्यहाँबाट भाइरल भएको अर्को भिडियो हेरेर निटिजनहरूले शाहरुखको व्यापक आलोचना गरिरहेका छन् । भिडियोमा शाहरुख खानले एक वृद्धलाई धकेलेको देख्न सकिन्छ ।
भिडियो ७७ औँ लोकार्नाे फिल्म फेस्टिभलको रेड कार्पेटमा सोलो पोज दिनु अघिको हो । फोटो खिचाउने क्रममा अभिनेताले एक वृद्धलाई आफ्ना दुवै हातले पछाडि धकेलेको भिडियोमा देख्न सकिन्छ ।
यतिबेला उनको अनुहारमा हल्का मुस्कान पनि देख्न सकिन्छ । भिडियो हेर्दा शाहरुख खानले ठट्टा गरेको हो कि जस्तो लाग्छ । तर नेटिजनहरूले शाहरुखको त्यो व्यवहार मन पराएका छैनन् ।
‘शाहरुख खानले एक वृद्धलाई धक्का दिए । तिमीलाई त लाज लाग्नुपर्ने हो शाहरुख ।’ माइक्रो ब्लगिङ वेबसाइट एक्समा एक प्रयोगकर्ताले शाहरुखको यो भिडियो शेयर गर्दै लेखेका छन् ।
एक्स युजरहरूले यो भिडियोमा व्यापक टिप्पणी र गाली बर्साइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण