सरकारले माग्यो लगानी बोर्डको सीईओ, यस्तो छ योग्यताको मापदण्ड
काठमाडौँ । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि दरखास्त माग गरेको छ । सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५ को दफा १२ को उपदफा (५) बमोजिम तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८१ अनुसूचि १ बमोजिम सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले निवेदन आह्वान गरेको हो ।
२०८० साउन २१ गतेदेखि सीईओ शुशील भट्टको कार्यकाल सकिएसँगै बोर्ड नेतृत्व विहीन छ । सोही रिक्त पद पूर्तिका लागि सरकारले दरखास्त माग गरेको हो । सूचना अनुसार योग्यता पुगेको नेपाली नागरिकले भदौ १० गतेभित्र दरखास्त दिन सक्नेछन् ।
लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि सिफारिस सम्बन्धी कार्यविधि, २०८१ अनुसार इच्छुक उम्मेदवारले मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, वाणिज्य शास्त्र, कानुन, इन्जिनियरिङ्ग वा विकास सम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने मापदण्ड तोकेको छ । यसैगरी परियोजना विकास, सार्वजनिक खरिद, सार्वजनिक–निजी साझेदारी, लगानी प्रवर्द्धन, विकास प्रशासन, बैंकिङ्ग, वित्तीय क्षेत्र वा औद्योगिक व्यवस्थापनको क्षेत्रमा कम्तीमा १० वर्षको व्यवस्थापकीय अनुभव हासिल गरेको समेत हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।
साथै उम्मेदवारले कुनैपनि विदेशी राष्ट्रको स्थायी आवासीय अनुमतिपत्र (पीआर/ग्रीनकार्ड) नलिएको हुनुपर्ने र ऐनको दफा १२ को उपदफा (४) बमोजिम तथा अन्य प्रचलित कानुनले अयोग्य नभएको व्यक्ति लगानी बोर्डको सीईओका लागि योग्य हुने समेत बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण