पाल्पामा हाइस दुर्घटना हुँदा ७ जना घाइते
बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–५ जोरधारामा हाइस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।
बुटवलदेखि पोखरातर्फ जाँदै गरेको ग२ख १२२५ नम्बरको हाइस तिनाउको जोरधारामा अनियन्त्रित भएर सडक किनारको पर्खालमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घाइते सबैको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको छ ।
उक्त दुर्घटनामा तानसेन नगरपालिका–१० की लक्ष्मी कार्की, नवलपरासी पश्चिम सराबल गाउँपालिका–७, का राजेश गुप्ता, रामु सहानी, मेराज मन्जुरी, दीपेन्द्रकुमार कुसवाह, स्याङ्जा भीर कोट नगरपालिका–९ का तारापति रेग्मी र कास्कीको पोखरा महानगरपालिका–२२ का रमेश केसी घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्दीप बेल्वासेले जानकारी दिए ।
चालक स्याङ्जाको वालिङ नगरपालिका–६ का शेखर कोइरालालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण