कमलाको तिज गीत ‘बरिलै आउँदैन बार बार’ सार्वजनिक
मङ्गलबार, २९ साउन २०८१, ०८ : ५७
काठमाडौँ । तिजलाई लक्षित गर्दै साङ्गीतिक बजारमा गीतकार तथा साहित्यकार कमला न्यौपानेले नयाँ तिज गीत ‘बरिलै आउँदैन बार बार’ सार्वजनिक भएको छ ।
तिज गीतमा विकृति भित्रियो भनेर आलोचना भइरहेको समय न्यौपानेको गीत भने कलासंस्कृति जगेर्ना गर्ने र एकदम स्वच्छ र सबै परिवारसँग बसेर हेर्न मिल्ने खालको छ ।
आलोकश्रीको सङ्गीत रहेको गीतमा कुशल सिंहको सङ्गीत संयोजन छ । गीतमा गायिका बिन्दु परियारले स्वर दिएकी छन् ।
गीतको भिडियोमा जुना कार्की र रीचा थापाको अभिनय छ । केशव राज भट्टको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा मानकृष्ण महर्जनको छायाङ्कन र विकास दाहालको सम्पादन छ । भिडियोका प्रोडक्सन म्यानेजर गायक अनुप रेग्मी हुन् भने निर्माता डा. प्रकाश न्यौपाने रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण