सवारी दुर्घटनामा तीन जनाको मृत्यु
मङ्गलबार, २९ साउन २०८१, १३ : ४३
काठमाडौँ । पर्सा, रुपन्देही र सप्तरी जिल्लामा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
- पर्सा, जगरनाथपुर गाउँपालिका-२ जानकी टोलास्थित सडकमा पटेर्वासुगौलीबाट टिउकीतर्फ जाँदै गरेको प्र.२-०३-००१ त ५३३९ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिएर सोमबार दिउँसो दुर्घटना हुँदा चालक छिपहरमाई गाउँपालिका-३ टिउकी बस्ने ५० वर्षीय प्रेम मुखिया बिनको घटनास्थलमै मृत्यु भएको छ ।
- रुपन्देही, बुटवल उपमहानगरपालिका-७ दिपनगरस्थित सडकमा कमलपोखरीबाट सोमबारे बजारतर्फ जाँदै गरेको लु.९४ प ४८०६ नम्बरको स्कुटर अनियन्त्रित भई पल्टिएर सोमबार राति दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका-१३ बेलबास बस्ने गुल्मी मदाने गाउँपालिका-६ घर भएका १९ वर्षीय शिशिर कुँवरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
- सप्तरी, शम्भुनाथ नगरपालिका-५ स्थित पूर्व पश्चिम राजमार्गमा मधेस प्रदेश-०३-००१ ख ८१८१ नम्बरको ट्रक अनियन्त्रित भई पुलबाट करिब २० मिटर तल खसेर मंगलबार बिहान दुर्घटना हुँदा चालक मोरङ उर्लाबारी नगरपालिका-१ बस्ने २५ वर्षीय सबिन राईको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण