३७८ कृषि प्राविधिकमध्ये १२९ जनाको पद दर्ता हुने
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा धर्नामा बसेका १२९ कृषि प्राविधिकको पद दर्ता हुने भएको छ । आन्दोलनरत ३७८ जना कृषि प्राविधिक कर्मचारीमध्ये १२९ जनाको पद दर्ता गरिने मन्त्रालय स्रोतले जनाएको हो ।
योसँगै कृषि प्राविधिक कर्मचारीको धर्ना तत्कालका लागि स्थगन भएको छ । २०७५ सालमा संघीयतामा कर्मचारी समायोजन गर्दा ३७८ जना कृषि प्राविधिक कर्मचारीको पद दर्ता हुन सकेको थिएन । सो पद दर्ता नहुँदा ती सबै कर्मचारीको वृद्धि विकास हुन नसकेकाले उनीहरू ४३ दिन मन्त्रालयको प्रवेशद्वारामा धर्ना बसेका थिए ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका योजना अधिकृत माधव पौडेलले मन्त्रीको आग्रहमा एक साताको लागि मात्रै धर्ना स्थगन गरिएको बताए । उनले २४९ कृषि प्राविधिकको पद दर्ता नभए यो क्षेत्रबाट आफूहरू पलायन हुने उल्लेख गरे । ‘सरकारलाई कृषि प्राविधिक खाँचो छैन भने धेरै साथीहरू पलायन हुने सम्भावना छ,’ उनले भने, ‘हामी सबैको पद दर्ता हुनु पर्छ, मन्त्रीज्यूको आग्रहमा मात्रै एक साताका लागि धर्ना स्थगन गरेका छौँ ।’
२०७५ सालमा समायोजन हुँदा पद दर्ता नहुँदा ६ वर्षदेखि पदपूर्ति प्रक्रिया रोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण