एयर डाइनेस्टी दुर्घटना : मृतक चिनियाँ नागरिकको सनाखत
काठमाडौँ । नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेका चिनियाँ नागरिकको सनाखत भएकाे छ ।
हेलिकप्टर दुर्घटनामा परेका चिनियाँ नागरिकको परिवारबाट पहिचानको आधार संकलन भएर मृतकको दाँतको परीक्षणबाट सनाखत भएकाे हो ।
चिनियाँ पर्यटक जुदाड टाङ (पुरुष), जी ली (पुरुष), यियाद वु (महिला) र जेमिङ सी (पुरुष) को शव सनाखत भएकाे त्रिवि शिक्षण अस्पताल फोरेन्सिक विभागका प्रमुख डा.गोपालप्रसाद चौधरीले जानकारी दिए । ‘दाँतको परीक्षणबाट सनाखत भएकाे छ,’ उनले भने, ‘शव हामीसँगै छ, उहाँहरूको परिवारले यही अन्त्येष्टि गर्ने वा लैजाने भनेर सल्लाह गर्दै हुनुहुन्छ ।’
मृतकको सनाखत शव डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणाली पोस्टमार्टमबाट गरिन्छ । डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणालीबाट पोस्टमार्टम गर्दा सुरुमा शव सनाखतका लागि फिंगर प्रिन्ट, डेन्टल (दाँतको भाग) र शरीरमा स्थायी रूपमा बनेका सङ्केतहरू (खत, ट्याटु आदि), पहिरन, गहना लगायत हेरिने डा. चौधरीको भनाई छ ।
साउन गत २३ गते बुधबार दिउँसो काठमाडौँ विमानस्थलबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको हेलिकप्टर दुर्घटना भएको थियो । सो दुर्घटनामा परी क्याप्टेन अरुण मल्लसहित चार चिनियाँ नागरिकको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण