बुटवलमा स्कुटर दुर्घटना, एक किशोरको मृत्यु
मङ्गलबार, २९ साउन २०८१, १५ : ३३
बुटवल । बुटवल उपमहानगरपालिका-७ दिपनगरमा स्कुटर दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ ।
दिपनगरकाे कमलपोखरीबाट हाटबजारतर्फ जाँदै गरेको लु.९४ प ४८०६ नम्बरको स्कुटर अनियन्त्रित भई पल्टिएर दुर्घटना हुँदा गुल्मीकाे मदाने गाउँपालिका-६ घर भई हाल बुटवल उपमहानगरपालिका-१३ बेलबास बस्ने १९ वर्षीय शिशिर कुँवरको मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय बुटवले दुर्घटनामा गम्भीर घाइते भएका कुँवरको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाएको छ ।घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण