सडक व्यवस्थित गरेर मात्रै यातायात सञ्चालन गर्न दाउन्नेवासीको माग
नवलपुर । पूर्व—पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा भासिएको सडक सञ्चालनमा आएपनि दिगो रूपमा सञ्चालन हुनेगरी निर्माण गर्न सरकारसँग स्थानीयवासीले माग गरेका छन् ।
सोमबार राति सडक भासिएसँगै पूर्व—पश्चिम राजमार्गको यातायात आवागमन बन्द भएको थियो । भासिएको सडक मर्मत गरेर यातायात सुचारु गरेपनि त्यसले आगामी दिनमा क्षति गर्नसक्ने भन्दै स्थानीयहरूले क्षति नहुने गरी सडक मर्मत गर्न सरकारसँग आग्रह गरेका छन् ।
पूर्व—पश्चिमको लाइफ लाइनका रूपमा रहेको यो सडक खण्ड बिग्रिए यात्रुहरू अलपत्र हुने दाउन्नेवासी पवन लम्सालले बताए । बिरामीहरूलाई सास्ती नदिन र जतिसक्दो छिटो बाटो मर्मत गरी २४ सै घण्टा सुचारु हुने वातावरण बनाइदिन उनले आग्रह गरे । सरकारले नागरिकलाई सहज हुनेगरी बनाउन र लापरबाही गरेर बस्न नहुने बताए ।
अर्की स्थानीयवासी सम्झना सुवेदीले सरकारले अहिले सामान्य मर्मत गरेर मात्रै यातायात सञ्चालन गरेको भए पनि व्यवस्थित रूपमा सडक बनाइ सञ्चालन गरिदिए स्थानीयवासी खुसी हुने बताए ।
नवलपुरको दाउन्नेमा गएराति सडक भासिएको थियो । विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने बजारमा भासिएको सडकमा थप क्षति भएर समस्या हुनसक्ने भएकाले यातायात रोकेर मर्मत गरिएको थियो । अहिले आंशिक रूपमा शतर्कताकासाथ सडक सञ्चलन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण