नाडा अटो शोमा नबिल र ग्लोबल आईएमई बैंकसहित ५ वटा वित्त कम्पनीले भाग लिने
काठमाडौँ । यस वर्षको नाडा अटो शो २०२४ मा ५ वटा बैंक तथा वित्तीय कम्पनीले भाग लिने भएका छन् । दुई ठुला बैंक नबिल बैंक र ग्लोबल आईएमई बैंकसहित थप दुईवटा वाणिज्य बैंक र एक विकास बैंकले अटो शोमा भाग लिने आयोजक नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले जनाएको छ ।
अटो शोमा ७ वटा बैंक तथा वित्तीय संस्थाले भाग लिने जनाए पनि अन्तिममा ५ वटा वित्त कम्पनीले स्टल बुक गरेको आयोजक नाडाले जनाएको छ । नबिल बैंक, ग्लोबल आईएमई बैंकसँगै हिमालयन बैंक, लक्ष्मीसनराइज बैंक र महालक्ष्मी विकास बैंकले यस पटकको अटो शोमा भाग लिदैछन् ।
यी बैंक तथा वित्त कम्पनीहरुले आकर्षक स्किमसहित अटो शोमा सवारी खरिद गर्ने ग्राहकहरुलाई सहज फाइनान्सिङको सुविधा प्रदान गर्नेछन् ।
अटोमोबाइल क्षेत्रको छाता संगठन नाडाले वर्षेनी दसैं तिहारको मुखमा वृहत् अटो शोको आयोजना गर्दै आएको छ । यसै कार्यक्रमको निरन्तरता यो वर्ष नाडाले भदौ ११ गतेदेखि १६ गतेसम्म प्रदर्शनीमार्ग स्थित भृकुटीमण्डपमा नाडा अटो शोको आयोजना गर्दैैछ । कूल सवारी उपस्थितिको अधिकतम ७० प्रतिशत ईभी अर्थात् विद्युतीय सवारी साधनको प्रदर्शन हुने यस पटकको अटो शोमा २३ वटा ब्राण्डका चारपाङ्ग्रे सवारी, १३ वटा ब्राण्डका हल्का लाइट गाडी, १७ वटा ब्राण्डका दुईपाङ्ग्रे सवारी र २७ वटा विभिन्न अटो कम्पोनेन्ट कम्पनीहरुको सहभागिता रहने अध्यक्ष करण चौधरीले जानकारी दिएका छन् । यसपटकको नाडा अटो शोको टाइटल स्पोन्सर टाटा डट ईभी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण