इरानी आक्रमणको खतराबारे के भने इजरायली रक्षामन्त्रीले ?
तेल अभिभ । इरानले इजरायलमाथि आक्रमण गर्न सक्ने खतरा बढिरहेको छ । यस्तोमा इजरायली रक्षा बल र गुप्तचर एजेन्सीहरूले लेबनान र इरानमा भइरहेका घटनाहरूलाई नजिकबाट नियालिरहेको इजरायली रक्षामन्त्री योभ गालान्टले बताएका छन् ।
इजरायली रक्षा बल र गुप्तचर एजेन्सीहरू जुनसुकै खतराबाट बच्न दिनरात २४सैं घण्टा काम गरिरहेको पनि उनले बताए । जब र जहाँ चाहन्छौँ आक्रमण गर्न सकियोस् भनेर आफ्नो सेनाले आक्रमणका विभिन्न विकल्प तयार राखेको पनि उनको भनाइ छ ।
रातभर जागेर आफ्ना नागरिकको रक्षा गरिरहेकोमा धन्यवाद भन्दै उनले सेनालाई तयार हुन र आफ्नो कमाण्डरको निर्देशन पालना गर्न पनि भनेका छन् । गत महिना हमासका शीर्ष नेता इस्माइल हानिया इरानको राजधानी तेहरानमा भएको आक्रमणमा मारिएका थिए ।
इरानले उक्त हमलामा इजरायलको संलग्नता रहेको बताएको छ । तर इजरायलले यस विषयमा कुनै औपचारिक टिप्पणी गरेको छैन । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले हानियाको मृत्युको बदला लिनु इरानको सर्वोच्च कर्तव्य भएको बताएका थिए । त्यसयता इरानले इजरायलमाथि आक्रमण गर्न सक्ने आशंका बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण