ओलीको जवाफ : संविधान संशोधनीय दस्ताबेज हो, तर प्रतिगमन कसरी सोच्न सकिन्छ ?
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनीय दस्ताबेज भएको स्पष्ट पारेका छन् । तर, संशोधन भन्दैमा प्रतिगमनबारे भने सोच्न नसकिने स्पष्ट पारे ।
बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै ओलीले लोकतन्त्रका लागि लडेर आएको दलले फेरि प्रतिगमन सोच्नै नसक्ने बताए । संविधान संशोधनका नाममा एमालेसहितका दल प्रतिगमनतर्फ अघि बढ्न खोजेको माओवादीसहितका प्रतिपक्षी दलले आरोप लगाइरहेको बेला ओलीले यस्तो स्पष्ट पारेका हुन् ।
‘हामीले लोकतन्त्रका लागि लडेका छौँ । संघर्ष र त्याग ख्यालख्यालको कुरा होइन’, उनले भने, ‘हामीले संघर्ष गरेर यो प्रणाली स्थापना गरेका छौँ । टिकाउ भनेको लोकतन्त्र मात्रै हो । यो लोकतन्त्र, लोकतान्त्रिक प्रणाली र यसलाई व्यवस्थित गर्नका निम्ति प्रतिबद्ध छौँ ।’
उनले संविधान संशोधनका कुरा कहिलेकाहिँ उठ्न भन्दै अहिलेको सरकारले पनि आवश्यकताको आधारमा संशोधन गर्ने भनेको स्पष्ट पारे । ‘यसको अर्थ प्रतिगमन गर्छ भनेर कसरी सोच्न सकिन्छ ?’, उनले भने, ‘हामीले जेका लागि यति दुखकष्ट भोगेर यो परिणाममा ल्याका छौँ, जनप्रतिनिधि भएका छौँ । र जनतासँग बाचा बन्धन पनि गरेका छौँ । बाचा र हस्ताक्षरको बन्धन बन्धन सानो कुरा होइन ।’
उनले लोकतान्त्रिक प्रणाली मासेर जाने कहाँ ? भन्ने प्रश्न गर्दै कुनै पनि हालतमा तानाशाही ठीक छ भनेर भन्न नसकिने बताए । ‘हामी त अधिनायकवादका विरुद्ध लडेर आएका हौँ । हाम्रो विश्वास लोकन्त्रमाथि मात्रै छ’, उनले भने, ‘विश्वास नभई ज्यान दिन सकिँदैन, गर्धन थाप्न सकिँदैन । तसर्थ म फेरि भन्छुु संविधान संशोधनीय दस्ताबजेज हो । संशोधन लोकतान्त्रिक मूल्य मान्यतालाई व्यवहारिक बनाउन संविधान संशोधन हुनसक्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण