सुदूरपश्चिममा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या दुई सय ६४ पुगेको छ । स्वास्थ्य निर्देशनालय डोटीका सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार सबैभन्दा बढी कैलालीका ५६, अछामका ५५ र डोटीमा ५५ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।
कञ्चनपुरमा ३९, दार्चुलामा २०, बाजुरामा १७, बैतडीमा आठ, डडेल्धुरामा नौ र बझाङमा पाँच जनामा डेङ्गुको सङ्क्रमण देखिएको सम्पर्क व्यक्ति जोशीले जानकारी दिए ।
उहाँका अनुसार जनवरीमा १३, फेवु्रअरिमा २४, मार्चमा ३८, अप्रिलमा ३४, मेमा २५, जुनमा ५२, जुलाईमा ५४ र अगष्टको हालसम्ममा २४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । डेङ्गुको सङ्क्रमणबाट भने हालसम्म सुदूरपश्चिमका कुनै पनि जिल्लामा कसैको मृत्यु भने नभएको उनको भनाइ छ । एडिज जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट डेङ्गुको सङ्क्रमण फैलिने गर्दछ ।
“जलवायु परिवर्तनको असरले पृथ्वीको तापक्रम बढ्दा तराई क्षेत्रमा मात्रै पाइने लामखुट्टे पहाडी र उच्च हिमाली जिल्लामा पनि पाइन थालेपछि डेङ्गु लगायतका किटजन्य रोगको सङ्क्रमण बढ्न थालेको छ”, उनले भने, “डेङ्गु चुनौतीका रुपमा देखापर्न थालेको छ, पछिल्लो तथ्याङ्क असार महिनाबाट डेङ्गुका बिरामीको सङ्ख्या बढ्दै गएर साउन, भदौ, असोज महिनासम्म उच्च हुने गरेका छन् ।”
क्रमशः चिसो बढ्दै गएपछि डेङ्गुका बिरामीको सङ्ख्यामा पनि कमी हुँदै जाने गरेको देखिएको उनले उल्लेख गरे । डेङ्गुबाट बच्नका लागि पूरा बाहुला भएको लुगा लगाउने, झुलभित्र सुत्ने, घरको झ्याल ढोकामा लामुखुट्टे नछिर्ने जाली लगाउने, घरवरिपरि पानी जन्म नदिने, गमला, प्लेट, फुलदानी, कुलर आदिको पानी हप्तामा एक पटक फेर्नुपर्ने हुन्छ ।
यसैगरी, पानी जम्मा हुने भाँडोलाई लामुखट्टे छिर्न नसक्ने गरी छोप्ने, साँझ, बिहान करेसाबारीमा जाँदा, घरबाहिर टहलिँदा लामखुट्टेले नटोकोस् भनेर पूरै सावधानी अपनाउनुपर्ने हुन्छ । डेङ्गु सार्ने लामखुट्टेले विशेषगरी दिउँसो बढी सक्रियभै टोक्ने भएकाले सावधानी अपनाउनुपर्ने जोशीले बताए ।
डेङ्गुको सङ्क्रमण भएमा एक्कासी ज्वरो आउने, टाउको मांसपेशी तथा जोर्नी दुख्ने, थकान महसुस हुने, वाकवाकी लाग्ने र वान्ता हुने, दैनिक खानपान वा अन्य काम कुरामा रुची नलाग्ने हुन्छ । यी लक्षण देखिएमा नजिकैको स्वास्थ्य संस्था वा अस्पतालमा उपचारका लागि जानुपर्दछ । डेङ्गुको सङ्क्रमण रोकथामका लागि प्रदेशका विभिन्न जिल्लाका पालिकामा लामखुट्टेको वासस्थान खोजी गरी लार्भा नष्ट गर्ने कार्यक्रम सञ्चालन गरिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण