संरक्षित स्थानमा भिडियो खिच्दा विवादमा फसिन् केटी पेरी
म्याड्रिड । अमेरिकी गायिका केटी पेरी स्पेनमा विवादमा मुछिएकी छिन् । आफ्नो नयाँ गीत लाइफटाइम्सका लागि आवश्यक अनुमति नै नलिईकन संरक्षित स्थानमा भिडियो खिचेपछि गायिका विवादित बनेकी हुन् । यसबारे छानबिन भइरहेको समाचारमा जनाइएको छ ।
क्षेत्रीय सरकारले जारी गरेको विज्ञप्तिअनुसार ब्यालियारिक द्विपका अधिकारीहरूले आवश्यक अनुमति नलिईकन सी सेलाइन्स नेचुरल पार्कमा सो गीतको भिडियो छायाङ्कन गरिएको मामिलामा गीतको भिडियो र सो भिडियो बनाउने कम्पनीमाथि छानबिन गरिरहेका छन् ।
अगस्ट ८ मा प्रिमियर गरिएको भिडियोमा पेरी संरक्षित क्षेत्रमा गीत गाएर नाचिरहेको देखिन्छिन् । सो क्षेत्रमा अनुमति लिएर छायाङ्कन गर्न सकिने भएकोले सो कार्यमाथि वातावरण विरुद्धको अपराध भनेर चाहिँ छानबिन नगरिएको बताइएको छ । यस अघि पेरीको अर्को गीत ‘वुमन्ज वर्ल्ड’ पनि विवादित बनेको थियो ।
विवादास्पद प्रड्युशन डा. ल्यूकसँग काम गरेको भन्दै पेरीले आलोचना खेप्नु परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण