बराहक्षेत्रमा सफाइ अभियान सुरु
धरान । सुनसरीको बराहक्षेत्र नगरपालिकाले सफाइ बराहक्षेत्र अभियानलाई निरन्तरता दिएको छ । अभियानअन्तर्गत बराहक्षेत्र मुख्य चोक, मठमन्दिर, धर्मशाला, स्वास्थ्य चौकी, विद्यालय तथा सार्वजनिक क्षेत्रमा सरसफाइ थालिएको छ ।
नगर प्रमुख रमेश कार्कीले बराहक्षेत्र चतराधाममा रहेको बराहक्षेत्र मन्दिरमा भक्तजनको चहलपहल धेरै हुने भएकोले मन्दिर क्षेत्रमा सरसफाइमा ध्यान दिएको बताए । अभियानमा सबै नगरवासीको साथ र सहयोग आवश्यक रहेको आर्थिक विकास संयोजक तेकबहादुर गुरुङले बताए । उनले भने, “हाम्रो बराहक्षेत्र राम्रो बराहक्षेत्र बनाउनुपर्नेमा सबै लागिपर्नुपर्छ । ”
अभियानको क्रममा पछिल्लो समय डेङ्गुको सङ्क्रमण बढ्दै गएकोले नगरपालिकाले सडकको सरसफाइ र डेङ्गुको लार्भा नष्ट गर्दै आफ्नो घर अगाडि फोहोर व्यवस्थापन गर्न थालिएको छ । साथै पानी जम्ने खाल्टाखुल्टीमा पानी जम्न नदिन सबै नगरवासीलाई नगरपालिकाले अनुरोध गर्दै आएको छ । अभियानमा स्थानीयवासी, स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, राजनीति दलका नेता ,स्थानीय सङ्घ संस्था , नेपाल प्रहरी र नगरप्रहरीलगायतको सहभागिता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१६ जिल्लामा प्रमुख जिल्ला अधिकारी परिवर्तन (सूचीसहित)
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण