समन्वय अभावले संविधान कार्यान्वयनमा जटिलता देखियो: मुख्यमन्त्री लामा
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले सङ्घ, प्रदेश र स्थानीय तहबिचको समन्वय अभावले संविधान कार्यान्वयनमा जटिलता देखिएको बताएका छन् । जसका कारण आवश्यक कानुन निर्माण समेत प्रभावित भएको उनको भनाइ थियो ।
हेटौँडामा आयोजित बागमती प्रदेशमा बालश्रम र बालश्रम निवारणका लागि नीतिगत अवस्थाको बारेमा नीति संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले संविधानको व्यवस्था अनुसार निर्धारित अधिकार सूचि र साझा अधिकार सूचिका कानुन निर्माणमा तीन तहका सरकारसँग समन्वय गरेर अघि बढ्न जरुरी रहेको बताए । समन्वय र सहकार्य हुन नसक्दा बनेका कतिपय कानुनहरू समेत कार्यान्वयनमा समस्या भइरहेको उनले बताए ।
उनका अनुसार पछिल्लो समय बालश्रम र अधिकारका विषय चुनौतीको रूपमा देखिएको छ । बालश्रम पूर्ण रूपमा निर्मूल गर्न नसकेपनि निरन्तरको प्रयत्नबाट न्यूनीकरण गर्न सकिने उनको भनाइ छ ।
बालबालिकाको समस्याको क्षेत्र पहिचान गरेर निवारणमा सरोकारवाला निकायहरू एकजुट भएर अघि बढ्न जरुरी रहेको मुख्यमन्त्री लामाले बताए । बालबालिकाको अधिकार र समस्याका विषयमा प्रदेश सरकार नीति निर्माण गरेर योजनाबद्ध रूपमा काम गरिरहेको उनले बताए ।
विशेषगरी अनाथ तथा असहाय बालबालिका र आम नागरिकको लागि प्रदेश सरकार अभिभावकत्व प्रदान गर्न सक्षम रहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण