कुपोषण अन्त्यका लागि कर्णालीमा ‘इनफ अभियान’ सुरु
सुर्खेत । कर्णालीमा कुपोषण अन्त्य गर्न भन्दै ‘इनफ अभियान’ सुरु गरिएको छ । बिहीबार एक कार्यक्रमका बिच मुख्यमन्त्री यामलाल कँडेलले कार्यक्रमको शुभारम्भ गरेका हुन् । कँडेलले कुपोषणको अन्त्यका लागि सबै सरोकारवालासँगको सहकार्यमा काम गरिने बताए ।
कुनै बेला दरबारलाई पोसिला र मूल्यवान खाद्यान्न कोसेली पठाउने कर्णाली पछिल्लो समय कुपोषणयुक्त अवस्थामा आइपुगेको परिस्थितिलाई बदल्नुपर्ने बताए । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले कुपोषण अन्त्यमा सरकारको ध्यान गएको बताए ।
मन्त्री शाहले कर्णाली प्रदेशमा कुपोषण अन्त्यका लागि आवश्यक बजेट मन्त्रालयबाट प्रत्येक वर्ष विनियोजन भइरहेको पनि बताए। उनले भने, ‘कृषि क्षेत्रको विकास अति आवश्यक छ । कृषिबाट उत्पादित अर्ग्यानिक र गुणस्तरीय वस्तुहरु नै कुपोषण न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्दछ । हामीसँग भूगोल, स्रोत साधन भए पनि हाम्रो माइन् मेकअप कृषितर्फ गएको छैन । त्यसैले कर्णालीमा कुपोषणको अन्त्य गर्नका लागि कृषि क्षेत्रका विज्ञहरूले त्यतातिर ध्यान दिनुपर्छ ।’
कर्णालीमा ३६ प्रतिशत पुट्कोपन रहेको र त्यसको न्यूनीकरणमा सरकार लागिरहेको बताए । मन्त्रालयबाट आर्थिक वर्ष २०७९/०८० मा २३ करोड ३० लाख २० हजार, ०८०/०८१ म २० करोड ४८ लाख ९० हजार र चालु आर्थिक वर्षमा १४ करोड ३३ लाख ६८ हजार रकम विनियोजन भएको शाहले जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण