मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु चुनाव भदौ २८ गते हुने, ९ विद्यार्थी सङ्गठन दर्ता
सुर्खेत । यसअघि स्थगित भएको मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन भदौ २८ गते हुने भएको छ ।
त्यसका लागि विद्यार्थी सङ्गठनहरु अग्रसर भइसकेका छन् । बिहीबार ९ वटा विद्यार्थी सङ्गठनहरुले आ–आफ्नो सङ्गठन दर्ता गराएका छन् । स्ववियु निर्वाचन अधिकृतको कार्यालयमा सङ्गठन दर्ता गरिएका हुन् ।
दर्ता हुनेमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, एकीकृत समाजवादी निकट अनेरास्ववियू, एमाले निकट अनेरास्ववियु, नेमकिपा निकट विद्यार्थी संघ, क्रान्तिकारी विद्यार्थी सङ्गठनलगायत ९ वटा रहेका छन् ।
यसअघि उपकुलपति नन्दबहादुर सिंह हुँदा अनेरास्ववियूको विषयलाई लिएर अदालतमा मुद्दा परेको थियो । त्यसपछि स्ववियु निर्वाचन रोकिएको थियो । मुद्दाको फैसला भएसँगै निर्वाचन हुन लागेको निर्वाचन समितिले जनाएको छ ।
यसअघि स्ववियु सभापति नेविसंघले पाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण