विद्यार्थीहरुद्वारा परीक्षा नियन्त्रण कार्यालयमा किताब पढेर विरोध प्रदर्शन
काठमाडौँ । नेकपा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीलगायत विभिन्न विद्यार्थी संगठनहरुले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा धर्ना थालेको छ । विद्यार्थीमैत्री प्रशासन नभएको भन्दै उनीहरुले कार्यालयमा धर्ना दिएका हुन् ।
रचनात्मक रूपमा कार्यालयमा किताब पढेर विरोध प्रदर्शन गरेको अखिल क्रान्तिकारी त्रिवि जिल्ला कमिटी अध्यक्ष प्रदीप भट्टले बताए ।
विद्यार्थीहरुले ट्रान्सकृप्ट कहिले बन्छ भनेर सोध्दा तपाई आतंककारी हो भन्ने जवाफ प्रशासनबाट आउने गरेको, विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने गरेको जस्ता कारण देखाउँदै आन्दोलन थालिएको उनको भनाइ छ ।
कार्यालयभित्रै बसेर उनीहरुले बल्खुको चमत्कार, नतिजा हेर्न नमिल्ने वेबसाइट, एउटा प्रमाणपत्र बनाउन सात महिना धाइसके अब कति धाउने ? विद्यार्थीको भविष्यमाथि खेलबाड कहिलेसम्म ? विद्यार्थी प्रशासन कहिले बन्छ ? जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर आन्दोलन थालेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण