स्पेनिस फुटबल खेलाडी लामिन यामालका पितामाथि चक्कु प्रहार
बार्सिलोना । स्पेनिस फुटबल स्टार लामिन यामालका बुबामाथि चक्कु प्रहार भएको छ । १७ वर्षीय खेलाडीका पितामाथि कार पार्किङमा कयौँ पटक चक्कु प्रहार भएको बताइएको छ ।
स्पेनिस सञ्चारमाध्यमका अनुसार लामिन यामालका बुबा मौनिर नसराउईमाथि बुधबार तटीय सहर मातारोमा आक्रमण भएको हो । उनलाई गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको र उनको अवस्था स्थिर रहेको बताइएको छ ।
आक्रमणकारीहरूसँग उनले अघिल्लो रात कुराकानी पनि गरेका थिए । यस घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
यस वर्षको म्युनिखमा भएको युरो कप फुटबलको सेमिफाइनलमा स्पेन फ्रान्ससँग १–० ले पछि परेको बेला यमालले बक्स बाहिरबाट गोलपोस्टको माथिल्लो कुनामा उत्कृष्ट गोल गरेका थिए ।
यो गोलले यमलको नाम इतिहासको किताबमा दर्ता गराइदिएको छ । १६ वर्ष ३६२ दिनको उमेरमा उनी प्रतियोगिताको इतिहासमा गोल गर्ने सबैभन्दा कान्छो व्यक्ति बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण