माधवीको तिज गीतमा केकीको अभिनय
आइतबार, ०२ भदौ २०८१, १२ : १०
काठमाडौँ । अभिनेत्री केकी अधिकारी अभिनीत मौलिक तिज गीत ‘माइतै रमाइलो’ को भिडियो सार्वजनिक भएको छ । गीतकार शीतल कादम्बिनीको शब्द, गायिका माधवी अर्यालको स्वर रहेको गीतमा हरि लम्सालको सङ्गीत छ ।
माइतीमा तीज मनाउँदा हुने रमाइलो पक्ष समेटिएको गीतको भिडियो पनि त्यस्तै छ । निकेश खड्काको निर्देशन रहेको भिडियोमा हरि हुमागाईंको छायाङ्कन र विकाश धमलाको सम्पादन छ ।
पछिल्लो समय भित्रिएका विकृत र अश्लील गीतले दिक्क भएका श्रोता तथा दर्शकका लागि गीत एउटा मौलिक र सन्देशमूलक हुने निर्माण पक्षको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण