टाटा सुमोको तेल ट्याङ्कीमा फल्स बटम बनाई लागुऔषध कारोबार गर्ने पक्राउ
काठमाडौँ । काठमाडौँ र ललिपुरबाट लागुऔषध ओसारपसारमा संलग्न रहेको आरोपमा २ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले काठमााडौँको बौद्धबाट २९ वर्षीय विजय परियार र ललितपुर महानगरपालिका २ बाट भारतीय नागरिक बीरबल महतोलाई पक्राउ गरेको हो ।
परियारलाई लागुऔषध जाइट्राभेट ५२५० ट्याब्लेटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यस्तै महतोलाई नाइट्राजेपाम९०३० ट्याब्लेट तथा डाइजेपाम ६००, बुप्रेनोर्फिन ५९८ र फेनारगन ५९१ एम्पुलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
महतोले भारतीय नम्बर BR06PA2090 को रातो रङको टाटा सुमो गाडीको इन्धन राख्ने ट्याङ्कीमा फल्स बनाई लागुऔषध लुकाएर ल्याएको प्रहरीको भनाई छ । महतोले पटक पटक भारतका रक्सोल हुँदै काठमाडौँमा लामो समयदेखि लागुऔषधको कारोबार गर्दै आएको अनुसन्धानबाट खुलेको लागु औषध नियन्त्रण ब्युरोले जनाएको छ । महतो भारत विहार पुर्वी चम्पारण जिल्ला रक्सौलका नागरिक हुन् ।
परियारले पनि लामो समयदेखि काठमाडौँमा लागुऔषध कारोबार गर्दै आएको खुलेको ब्युरोले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पक्राउ परेकाहरुमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम काठमाडौँ जिल्ला अदालतबाट लागु औषध मुद्दमा म्याद थप भई अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण