नेपाल पञ्चाङ्ग निर्णायक समितिले विवादास्पद निर्णय गरेको आरोप
काठमाडौँ । ज्योतिष सुरेशचन्द्र रिजालले नेपाल पञ्चाङ्ग निर्णायक समितिले अहिलेसम्मकै सबैभन्दा कमजोर निर्णय गरेको भन्दै आलोचना गरेको छन् । दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समिति नेपालका उपसभापति समेत रहेका उनले शेष रहेको भद्राको दोष श्रावणी स्नानमा नलाग्ने शास्त्रीय बचनहरू हुँदाहुँदै विवादस्पपद निर्णय गर्नुले पञ्चाङ्ग निर्णायक समितिको नियतमा प्रश्न खडा भएको उनको भनाइ छ ।
‘वैदिक सनातन धर्मावलम्बीहरूको महत्वपूर्ण पक्ष उपाकर्मको परिवर्तित स्वरूप नै जनैपूर्णिमा भएको हुँदा यो पर्व सनातनदेखि चलिआएको नियममा रहेर मनाउँदा शास्त्रको मर्यादा र परम्पराको संरक्षण हुने देखिन्छ अतः भद्राको दोष लाग्दैन, बार्नु पर्दैन’, उनले फेसबकुमार्फत भनेका छन् ।
यसअघि समितिले विज्ञप्तिमार्फत विशिष्ट व्यक्तिहरूले दिउँसो १ बजेपछि रक्षाबन्धन गर्नु मुनासिब हुने धारणा राखेका थियो । समितिका अनुसार घण्टा मिनेटअनुसार सोमबार दिउँसो १ः३१ बजेसम्म भद्रा परेको छ ।
भद्रामा श्रावणीसम्बन्धी काम र होलिकादहनको काम गरेमा श्रावणीको कामबाट राजा अर्थात् राष्ट्रप्रमुख र होलिका दहन गरेमा गाउँ एवं सहरको नाश हुन्छ भन्ने विषय स्पष्ट उल्लेख रहेको समितिको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण