पार्टीकै निर्देशन लागु नभएपछि खगराजले उठाए प्रचण्डमाथि प्रश्न
काठमाडौँ । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलका नेता खगराज भट्टलाई बनाउन दिएको पार्टीको निर्देशन दुई महिना पुग्न लाग्दासमेत अलपत्र परेको छ । स्थायी समिति सदस्य समेत रहेका भट्टले साउन ३० गते बसेको स्थायी समिति बैठकमा पार्टीले जारी गरेको परिपत्र लागु नभएकोमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि प्रश्न उठाएका थिए ।
जवाफमा प्रचण्डले भदौ १२ र १३ गते बस्ने प्रदेशको परामर्श समितिबाट हल गरिने बताएको भट्टले जानकारी दिए ।
‘पार्टीले पठाएको परिपत्र लागु नभएकोमा मैले स्थायी समिति बैठकमा कुरा राखेको हुँ । जवाफमा अध्यक्षले १२ र १३ गते बस्ने परामर्श समितिको बैठकमा मिलाउँला भन्नुभयो । अरू केही भएको छैन’, रातोपाटीसँग उनले भने । २०८० माघ १२ गते माओवादी सुदूरपश्चिम संसदीय दलका बहुमत सदस्यले भट्टलाई दलको नेताबाट हटाएका थिए । ११ सदस्यीय संसदीय दलले भट्टलाई हटाएर प्रमुख सचेतक रहेका मानबहादुर धामीलाई नेता चुनेको थियो ।
भट्टलाई संसदीय दलको नेताबाट हटाउने निर्णयमा संसदीय दलका उपनेता अक्कलबहादुर रावल, मानबहादुर धामी, शिवसिंह ओली, ओमविक्रम भाट, लक्ष्मी बिक र गीतादेवी मालले हस्ताक्षर गरेका थिए । तर अन्तर्विरोध चर्किँदै गएपछि प्रदेश इन्चार्ज रहेका उपमहासचिव गिरिराज पोखरेलको अग्रसरतामा जेठ ३ गते बसेको संसदीय दलको बैठकले भट्टलाई दलको नेताभन्दा माथि राख्ने निर्णय गरेको थियो । तत्कालीन प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले असार १२ गते प्रधानमन्त्री निवास बालुवाटारमा दुवै पक्षलाई बोलाएर भट्टलाई नेता बनाउन निर्देशन दिएका थिए । प्रचण्डको निर्देशन लागु नभएपछि पार्टीले सर्कुलर नै जारी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण