ब्लकबस्टर बन्यो श्रद्धा कपूर र राजकुमार रावको स्त्री–२, तोडियो रेकर्ड
नयाँ दिल्ली । श्रद्धा कपूर, राजकुमार राव र पंकज त्रिपाठीको हरर कमेडी फिल्म स्त्री–२ ले बक्स अफिसमा कीर्तिमानी कमाइ गरिरहेको छ । चाडपर्वको सिजनमा निर्देशक अमर कौशिकको स्त्री–२ मानिसहरूलाई डराएर हँसाउने उपयुक्त विकल्प बनेको छ । रिलिजको पहिलो दिन बम्पर कमाई गरेको फिल्मले पहिलो साताको अन्त्यमा कयौँ कीर्तिमानहरू पनि तोडेको समाचारमा जनाइएको छ । फिल्मले हालसम्म भारतमा मात्रै २२८ करोड ४५ लाख भारु कमाइसकेको छ ।
५ दिनमै २०० करोड क्लबमा
रिलिज हुनेबित्तिकै फिल्मले बक्स अफिसमा कमाइको बाढी ल्याएको थियो । दुई दिनमै फिल्मले आफ्नो लागत उठायो । तेस्रो दिनको आम्दानी जोड्ने हो भने यसको कमाई बजेटभन्दा तीन गुणा छ । अगस्ट १५ मा रिलिज भएको सो फिल्मले पहिलो दिन ५५ करोड ४० लाख भारु र दोस्रो दिनमा ३५ करोड ३० लाख भारु कमाइ गरेको थियो ।
शनिबार तेस्रो दिन फिल्मले अर्को ४५ करोड ७० लाख भारु कमायो । आइतबार फिल्मको कमाई ५८ करोड २० लाख भारु थियो । सोमबार फिल्मको अनुमानित कमाई करिब ३७ करोड भारु रहेको बताइएको छ । अर्थात् ५ दिनमा फिल्मको कमाई २२८ करोड ४५ लाख भारु पुग्यो ।
विश्व बजारमा भने फिल्मले ३०० करोड भारु कमाइ सकेको छ । योसँगै फिल्म २०० करोड भारु कमाउने श्रद्धा कपुरको पहिलो फिल्म बनेको छ । फिल्मले आशा गरेभन्दा निकै राम्रो कमाई त गरेको छ नै बक्स अफिस कलेक्सनमा नयाँ मानक पनि स्थापित गरेको छ । यो सबैभन्दा छिटो २०० करोड कमाउने चौथो हिन्दी फिल्म बनेको छ । यो भन्दा अगाडि यो सूचिमा शाहरुख खानको जवान, रणवीर कपुरको एनिल र शाहरुख खानको पठान रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीले कृषि विकासका लागि २ अर्ब बजेट छुट्ट्यायो
-
प्रधानमन्त्री देशको भन्दा छिमेकीको पक्षमा उभिए : शंकर पोखरेल
-
बागमती प्रदेशले ६ अर्ब ५१ करोड रुपैयाँ वित्तिय हस्तान्तरण गर्ने
-
‘करको दर हेरफेर गर्ने अर्थमन्त्री वाग्लेले तत्काल राजीनामा दिनुपर्छ’
-
बागमती सरकारले विपन्न परिवारलाई आवास उपलब्ध गराउने
-
सुरु भयो कर्णालीको बजेट भाषण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण