ब्लकबस्टर बन्यो श्रद्धा कपूर र राजकुमार रावको स्त्री–२, तोडियो रेकर्ड

नयाँ दिल्ली । श्रद्धा कपूर, राजकुमार राव र पंकज त्रिपाठीको हरर कमेडी फिल्म स्त्री–२ ले बक्स अफिसमा कीर्तिमानी कमाइ गरिरहेको छ । चाडपर्वको सिजनमा निर्देशक अमर कौशिकको स्त्री–२ मानिसहरूलाई डराएर हँसाउने उपयुक्त विकल्प बनेको छ । रिलिजको पहिलो दिन बम्पर कमाई गरेको फिल्मले पहिलो साताको अन्त्यमा कयौँ कीर्तिमानहरू पनि तोडेको समाचारमा जनाइएको छ । फिल्मले हालसम्म भारतमा मात्रै २२८ करोड ४५ लाख भारु कमाइसकेको छ ।
५ दिनमै २०० करोड क्लबमा
रिलिज हुनेबित्तिकै फिल्मले बक्स अफिसमा कमाइको बाढी ल्याएको थियो । दुई दिनमै फिल्मले आफ्नो लागत उठायो । तेस्रो दिनको आम्दानी जोड्ने हो भने यसको कमाई बजेटभन्दा तीन गुणा छ । अगस्ट १५ मा रिलिज भएको सो फिल्मले पहिलो दिन ५५ करोड ४० लाख भारु र दोस्रो दिनमा ३५ करोड ३० लाख भारु कमाइ गरेको थियो ।
शनिबार तेस्रो दिन फिल्मले अर्को ४५ करोड ७० लाख भारु कमायो । आइतबार फिल्मको कमाई ५८ करोड २० लाख भारु थियो । सोमबार फिल्मको अनुमानित कमाई करिब ३७ करोड भारु रहेको बताइएको छ । अर्थात् ५ दिनमा फिल्मको कमाई २२८ करोड ४५ लाख भारु पुग्यो ।
विश्व बजारमा भने फिल्मले ३०० करोड भारु कमाइ सकेको छ । योसँगै फिल्म २०० करोड भारु कमाउने श्रद्धा कपुरको पहिलो फिल्म बनेको छ । फिल्मले आशा गरेभन्दा निकै राम्रो कमाई त गरेको छ नै बक्स अफिस कलेक्सनमा नयाँ मानक पनि स्थापित गरेको छ । यो सबैभन्दा छिटो २०० करोड कमाउने चौथो हिन्दी फिल्म बनेको छ । यो भन्दा अगाडि यो सूचिमा शाहरुख खानको जवान, रणवीर कपुरको एनिल र शाहरुख खानको पठान रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आतङ्कवादी हमला केवल भारत–पाकिस्तानको मुद्दा होइन, सम्पूर्ण दक्षिण एसियाको क्षेत्रीय समस्या हो’
-
नेपालका श्रमिकको जीवनस्तर उकास्न जापानको महत्त्वपूर्ण भूमिका : श्रममन्त्री
-
मधेसमा नयाँ रङ्गशाला निर्माण र पुराना संरचना मर्मत गर्न बजेट विनियोजन गरिने
-
बद्रीनारायण धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्छौं : मुख्यमन्त्री लामा
-
१० बजे १० समाचार : एमालेमा गुटगत प्रतिशोधदेखि कांग्रेसमा देउवाको ब्रिफिङसम्म
-
खोटाङको बराहपोखरी गाउँपालिका : ६७ वटा योजना सम्झौता गरिएकामा ४१ वटा योजना सम्पन्न