राम्रो कामको श्रेय लिनेले कमीकमजोरीको भारी संविधानलाई बोकाउन मिल्दैन : शक्ति बस्नेत
काठमाडौँ । नेकपा (माओवादी) केन्द्रका उपमहासचिव शक्ति बस्नेतले देशमा भएका राम्रा कामको जस लिने नेतृत्वले काम गर्न नसक्ने विषयको भारी संविधानलाई बोकाउने प्रचलन बढेको बताएका छन् ।
मंगलबार काठमाडौँमा नेपाली कांग्रेसका स्व. नेता तथा समाजवादी चिन्तक प्रदीप गिरीको दोस्रो स्मृति सभालाई सम्बोधन गर्दै उनले राम्रा कुराको श्रेय लिनेले कमीकमजोरीको भारी संविधानलाई नबोकाइदिन अनुरोध गरे ।
‘विगतका परिवर्तन भन्दा फरक यो परिवर्तन गाउँमा बसेको अशिक्षित किसानले राजनीतिक परिवर्तनको महसुस गरेर यो परिवर्तन आएको हो‚’ उनले भने‚ ‘ राम्रो भएको श्रेय लिने अनि गर्न नसकेका कामको भारी संविधानलाई बोकाउने काम नगरौँ ।’
जनताका थ्रुपै आवश्यकता अपेक्षा पूरा गर्न बाँकी रहेको भन्दै उनले त्यो पुरा गर्न कमीकमजोरी भएको स्वीकार गरे । भएका राम्रो काम आफूले गर्दा भन्ने नेतृत्वले पूरा नभएका कमी भएका विषयलाई पनि सुधार गर्दै लैजानुपर्ने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण