राम्रो कामको श्रेय लिनेले कमीकमजोरीको भारी संविधानलाई बोकाउन मिल्दैन : शक्ति बस्नेत
_CPOxGMGQnM.jpg)
काठमाडौँ । नेकपा (माओवादी) केन्द्रका उपमहासचिव शक्ति बस्नेतले देशमा भएका राम्रा कामको जस लिने नेतृत्वले काम गर्न नसक्ने विषयको भारी संविधानलाई बोकाउने प्रचलन बढेको बताएका छन् ।
मंगलबार काठमाडौँमा नेपाली कांग्रेसका स्व. नेता तथा समाजवादी चिन्तक प्रदीप गिरीको दोस्रो स्मृति सभालाई सम्बोधन गर्दै उनले राम्रा कुराको श्रेय लिनेले कमीकमजोरीको भारी संविधानलाई नबोकाइदिन अनुरोध गरे ।
‘विगतका परिवर्तन भन्दा फरक यो परिवर्तन गाउँमा बसेको अशिक्षित किसानले राजनीतिक परिवर्तनको महसुस गरेर यो परिवर्तन आएको हो‚’ उनले भने‚ ‘ राम्रो भएको श्रेय लिने अनि गर्न नसकेका कामको भारी संविधानलाई बोकाउने काम नगरौँ ।’
जनताका थ्रुपै आवश्यकता अपेक्षा पूरा गर्न बाँकी रहेको भन्दै उनले त्यो पुरा गर्न कमीकमजोरी भएको स्वीकार गरे । भएका राम्रो काम आफूले गर्दा भन्ने नेतृत्वले पूरा नभएका कमी भएका विषयलाई पनि सुधार गर्दै लैजानुपर्ने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : भारतको ‘किट’ विश्वविद्यालयमा फेरि नेपाली छात्रा मृत फेलादेखि गृह मन्त्रालयमा मनपरीसम्म
-
रेशमलाई थुनामा पठाउन अनधिकृत पत्र लेख्ने विष्टलाई के हुन्छ कारबाही ?
-
किट विश्वविद्यालयमा नेपाली छात्रा मृत्यु प्रकरण : परिवार राति नै भारत जाँदै
-
रविन्द्र मिश्र लगायतका नेतालाई रिहाइ गर्न माग गर्दै रिले अनशन बस्ने
-
पोखरामा ‘लायन्स कप’ भलिबल : नेपाल पुलिस र इरानी टोली विजयी
-
उदयपुरमा जिप दुर्घटना, एक जनाको मृत्यु, ६ घाइते