सूर्यदर्शन सहकारी ठगी प्रकरण : पूर्वसचिव नकर्मी जेल चलान
पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा पक्राउ परेका सहकारीका पूर्वसचिव अनुज नकर्मी पुर्पक्षका लागि जेल चलान भएका छन् । बुधबार जिल्ला अदालत कास्कीका न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले उनलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो ।
उनी भदौ २ गते काठमाडौँको दक्षिणकालीबाट पक्राउ परेका थिए । नकर्मीसँगै सहकारीका ६ जना पुर्पक्षका लागि थुनामा छन् ।
यसअघि उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, सञ्चालक समितिका सदस्य भविश्वर अर्याल, प्रमोद भट्टराई र पूर्व सदस्य शिवबहादुर गुरुङ (महेन्द्र भोटे) कारागारमा छन् । ४४ जनालाई प्रतिवादी बनाएकोमा हालसम्म ६ जना मात्रै पक्राउ परेका छन् ।
बाँकी ३८ जनाको खोजी भइरहेको कास्की प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिए । १८ हजार ७ सय बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ हिनामिना गरेको प्रतिवेदन तयार गरिएको छ । गुरुङ र दर्लामी थुनाबाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने मागसहित सर्वोच्च अदालत पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण