सूर्यदर्शन सहकारी ठगी प्रकरण : पूर्वसचिव नकर्मी जेल चलान

पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा पक्राउ परेका सहकारीका पूर्वसचिव अनुज नकर्मी पुर्पक्षका लागि जेल चलान भएका छन् । बुधबार जिल्ला अदालत कास्कीका न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले उनलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो ।
उनी भदौ २ गते काठमाडौँको दक्षिणकालीबाट पक्राउ परेका थिए । नकर्मीसँगै सहकारीका ६ जना पुर्पक्षका लागि थुनामा छन् ।
यसअघि उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, सञ्चालक समितिका सदस्य भविश्वर अर्याल, प्रमोद भट्टराई र पूर्व सदस्य शिवबहादुर गुरुङ (महेन्द्र भोटे) कारागारमा छन् । ४४ जनालाई प्रतिवादी बनाएकोमा हालसम्म ६ जना मात्रै पक्राउ परेका छन् ।
बाँकी ३८ जनाको खोजी भइरहेको कास्की प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिए । १८ हजार ७ सय बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ हिनामिना गरेको प्रतिवेदन तयार गरिएको छ । गुरुङ र दर्लामी थुनाबाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने मागसहित सर्वोच्च अदालत पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीवाईडी एक्सचेन्ज क्याम्पेन घोषणा
-
नीति तथा कार्यक्रम दस्तावेजमात्र होइन, राष्ट्रको भावी यात्राको नक्शा पनि हो : सांसद कार्की
-
राजसंस्था लोकतन्त्रको विरोधी होइन : राजेन्द्र लिङ्देन
-
मुक्तकमैयाको आयआर्जनको प्रमुख आधार बन्दै तरबुजाखेती
-
राजेन्द्र लिङ्देन र कमल थापालाई दायाँबायाँ राखेर आन्दोलन घोषणा गर्न सफल भए नवराज सुवेदी
-
चीनमा १४५ प्रतिशत भन्सार महसुल अहिलेलाई कायमै रहनेछ : ट्रम्प