रोनाल्डोको गोलका बाबजुद बराबरीमा रोकियो अल नासर
रियाद । क्रिस्टियानो रोनाल्डोको अल नासर साउदी प्रो लिगको सुरुवाती खेलमा अल रइदसँग बराबरीमा रोकिएको छ । बिहीबार राति भएको खेल १–१ को बराबरीमा टुङ्गिएको हो ।
साउदी कपको फाइनलमा अल–हिलालसँग पराजित भएपछि अल नासर लिगमा राम्रो सुरुवात गर्ने प्रयासमा थियो । पोचुगिज सुपरस्टारले खेलको ३४ औँ मिनेटमा साडियो मानेको क्रसमा हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए ।
यो वर्ष रोनाल्डोको यो २५ औँ गोल थियो । अब उनी क्लब र देशका लागि ९ सयौँ गोल गर्नबाट मात्र ८ गोल टाढा रहेका छन् ।
तर, दोस्रो हाफको सुरुवातमा नै एमरिक लापोर्टेले गल्ती गर्दा अल रइदले पेनाल्टी पायो । मोहम्मद फौजाइरले कुनै गल्ती नगरे खेल बराबरी गरे ।
बराबरी गोल गरेपछि अल नासरले विजयी गोलका लागि प्रयास जारी राख्यो । ७५ औँ मिनेटमा रोनाल्डोले पुनः गोल गरे पनि भिडियो एसिस्टेन्ट रेफ्रीले उनी मात्र केही मिलिमिटरले अफसाइड रहेको देखाएको थियो । खेलको अन्त्यतिर अल नासरले गरेको पेनाल्टीको अपिल पनि खारेज गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण