सरकारको निर्णयसँगै इन्टरनेट सेवा प्रदायकहरूले खुला गर्न थाले टिकटक
शुक्रबार, ०७ भदौ २०८१, ०९ : २३
काठमाडौँ । सरकारको निर्णयसँगै विभिन्न इन्टरनेट सेवा प्रदायकले टिकटक खुला गरेका छन् । वर्ल्ड लिङ्क, सुविसुसहितका इन्टरनेट सेवा प्रदायकबाट टिकटक खुल्न थालिसकेको छ।
एनसेल र टेलिकमले भने खुलाएका छैनन् । सरकारले बिहीबारको मन्त्रीपरिषद् बैठकबाट निर्णय गरेपनि टिकटकसँग औपचारिक सम्झौता भएपछि मात्र खुला गर्ने भनेको थियो ।
प्रक्रिया पुरा गर्न सरकारले टिकटकलाई तीन महिनाको समय दिएको थियो । यद्यपि टिकटकले सर्तहरू पूरा गर्नु अगावै केही सेवा प्रदायकहरुले खुला गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण