कमला ह्यारिसले स्विकारिन् राष्ट्रपति पदको उम्मेदवारी
शुक्रबार, ०७ भदौ २०८१, १० : ५९
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपतिको चुनावी प्रक्रिया अन्तर्गत शिकागोमा आयोजित डेमोक्रेटिक पार्टीको महाधिवेशनमा पार्टीको राष्ट्रपति उम्मेदवार कमला ह्यारिसले आफ्नो उम्मेदवारी स्वीकारेकी छिन् । ‘एक महान् राष्ट्रको लागि म डेमोक्रेटिक पार्टीको मनोनयन स्वीकार गर्दछु ।’ उनले भनेकी थिइन् । सो अवसरमा ह्यारिसले अहिलेसम्मकै सबैभन्दा लामो भाषण दिएकी थिइन् ।
उनले आफ्नो भाषण बाल्यकालको सम्झनाबाट सुरु गरेकी थिइन् । ह्यारिसको आमा श्यामला भारतबाट अमेरिका आएकी थिइन् । सानोमा आफ्नो आमाले आफूलाई सधैँ हौसला दिने गरेको उनले बताइन् ।
‘मेरो पिताले मलाई आफ्नो सपनाको पछि लाग्न प्रेरित गर्नुहुन्थ्यो ।’ ह्यारिसले भनिन् । अन्यायको विरुद्धमा गुनासो गर्नको सट्टा यसलाई हटाउन केही गर्न आमाले दिएको सुझावको पनि भाषणमा उनले स्मरण गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण