दुर्घटना
तनहुँ बस दुर्घटना : १४ जनाको मृत्यु
शुक्रबार, ०७ भदौ २०८१, १३ : १२
काठमाडौँ । तनहुँ बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले घटनास्थलबाट १४ जनाको शव बाहिर निकालिएको जानकारी दिए ।
उनले १६ जना घाइतेलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालमा पठाएको जानकारी समेत दिए । शुक्रबार तनहुँस्थित मर्स्याङ्दी नदीमा भारतीय नम्बर प्लेटको बस खसेको थियो ।
घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा १० जना गोताखोरसहित ४५ जना र नम्बर २३ मनकामना गण भानु तनहुँबाट ३५ जनाको फौज उद्धारमा खटिएको प्रवक्ता थापाले जानकारी दिए ।
अहिले उद्धार कार्य जारी रहेको थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण