टेस्ट क्रिकेटलाई जोगाउन विशेष कोष स्थापना गर्ने तयारीमा आईसीसी
काठमाडौँ । सीमित ओभरको फ्रेन्चाइज प्रतियोगिताका कारण ओझेलमा पर्दै गएको टेस्ट क्रिकेटलाई जोगाउन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विशेष कार्यक्रम ल्याउने भएको छ । टेस्ट विश्व क्रिकेटको सबैभन्दा पुरानो ढाँचा हो ।
तर, पछिल्लो समय विश्वभर लोकप्रिय बन्दै गएको फ्रेन्चाइज प्रतियोगिताहरूका कारण टेस्ट क्रिकेट ओझेलमा पर्दै गएको छ । खासगरी फ्रेन्चाइज प्रतियोगिताहरुमा लोभलाग्दो पारिश्रमिक पाइने भएकाले चर्चित खेलाडीहरू पनि यसतर्फ आकर्षित हुने गरेका छन् ।
त्यसैले आईसीसीले टेस्ट क्रिकेटलाई जोगाउन कम्तीमा एक करोड ५० लाख अमेरिकी डलरको छुट्टै कोष स्थापना गर्ने तयारी अगाडि बढाएको छ । यस्तो कोष स्थापना भएपछि खेलाडीको म्याच फी बढाउन सहयोग पुग्ने विश्वास आईसीसीले लिएको छ ।
सिडनी मर्निङ हेराल्यका अनुसार, आईसीसीमा यो प्रस्ताव क्रिकेट अस्ट्रेलियाले राखेको हो । अस्ट्रेलियाको यो प्रस्तावमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) र इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड (ईसीबी) ले पनि समर्थन जनाएको छ ।
यसरी स्थापना गरिने विशेष कोषबाट टेस्ट खेल्ने क्रिकेट खेलाडीको म्याच फी बढाउन सकिने बताइएको छ । पछिल्लो समय आर्थिक रूपमा कमजोर केही क्रिकेट संघका खेलाडीहरू फ्रेन्चाइज क्रिकेटतर्फ बढी आकर्षित भएको पाइन्छ ।
‘वेस्ट इन्डिजजस्ता क्रिकेट बोर्डले आईसीसीको यो कोषबाट फाइदा उठाउन सक्छन् । उनीहरुले टेस्ट क्रिकेट खेल्ने आफ्ना खेलाडीको म्याच फी बढाउन सक्छन्,’ आईसीसी स्रोतले भनेको छ । तर, विश्वका सबैभन्दा धनी तीन क्रिकेट संघ भारत, अस्ट्रेलिया र इङ्ल्यान्डलाई भने यो कोषबाट खासै फाइदा नपुग्ने बताइएको छ ।
यी तीन देशका क्रिकेट संघले अहिले पनि टेस्ट खेल्ने आफ्ना खेलाडीलाई आकर्षक म्याच फी उपलब्ध गराउँदै आएका छन् । समाचारमा जनाइए अनुसार, यो कोष स्थापना भएपछि टेस्ट खेल्ने खेलाडीको न्यूनतम पारिश्रमिक १० हजार अमेरिकी डलर हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण