मर्स्याङ्दी दुर्घटना : बकेट स्टेचरमार्फत उद्धार गरिँदै
काठमाडौँ । । तनहुँको आबुखैरेनी गाउँपालिका वडा नम्बर–२ स्थित मर्स्याङ्दी नदीमा बस दुर्घटना हुँदा घाइते भएकाहरूलाई सुरक्षाकर्मीले उद्धार गरिरहेका छन् । घाइतेहरूलाई बकेट स्टेचरको माध्यमबाट उद्धार गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता (डीएसपी) शैलेन्द्र खड्काले रातोपाटीलाई बताए । उनले भने, ‘सडकबाट करिब १ सय मिटर तलबाट डोरीको सहायताले उद्धार कार्य भइरहेको छ ।’
उद्धार गर्न सेनाका हेलिकप्टर घटनास्थलमा परिचालन गरिएको छ । भारतीय नम्बर–७६२३ नम्बरको बसमा चालक दलका दुई जना र ४१ जना यात्रु सवार थिए । दुर्घटनास्थलबाट १८ जनाको शव निकालिएको छ । १७ जना घाइतेलाई उद्धार गरेर आबुखैरेनीमा उपचार भइरहेको छ ।
आर्मीको हेलिकप्टरमार्फत अचेत र क्रिटिकल अवस्थाका घाइतेहरूलाई काठमाडौँ पठाउन लागिएको गण्डकी प्रदेशका एसएसपी रवीन्द्र रेग्मीले जानकारी दिए । गाडी पोखराबाट काठमाडौँ आउँदै थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण